आदिवासी दिवसबारे आङ काजी शेर्पा किसान

Read Time:7 Minute, 3 Second

स्वशासन, आत्मनिर्णयको अधिकार र जाती ,भाषा ऐतिहासिक पहिचानको आधारमा राज्य पुनसंंरचना सुनिश्चित भएको संविधान ! सयौ वर्षदेखि आदिवासी जनजातिमाथीको जातिय विभेद अन्त्य र धर्मनिरेपक्ष संघीय लोकतान्त्रिक गणतन्त्र अखण्ड राष्ट्र नेपाल स्थापना गर्ने सुनौलो अभियान ! !

 

 

आङ काजी शेर्पा किसान
महासचिव, नेपाल आदिवासी जनजाति महासंघ

जेनेभा स्विटरजरल्याण्डमा डिसेम्बर १९८२ मा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसकॊ रुपमा मनाउने निर्णय गर्यो । २००४ को साधारण सभाले २००५ देखि २०१४ को दशकलाई विश्व आदिवासी दशक घोषण गर्यो । सो साधारण सभाले दोस्रो दशकमा पनि वािर्षक रुपमा विश्व आदिवासी दिवस मनाउने निर्णय गर्यो । प्रथम दशकको उद्धेश्य आदिवासी जनजातिले संस्कृति शिक्षा स्वास्थ्य मानव अधिकार वातवरण सामाजिक र राजनैतिक विकासमा भोग्नु परेका समस्या समधान गर्न अन्तराष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु थियो ।
अपि्रल २००० मा संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी माच स्थापना गर्ने मानव अधिकार आयोगको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदले पनि अनुमोदन गर्यो । आदिवासी जनजातिले संस्कृति शिक्षा स्वास्थ्य मानव अधिकार वातवरण सामाजिक र राजनैतिक विकासमा आदिवासी जनजातिले भोग्नु परेका समस्याबारे छलफल गर्ने अख्तियारी आदिवासी स्थायी मंाचलाई प्रदान गरियो । संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मंाचले आदिवासी जनजातिकंो अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी माचले यस वर्ष तय गरेको नारा “Indigenous designs; celebrating stories and culture, crafts our own future”  आदिवासीहरु आपुनो ईतिहास संस्कृतिका ढाँचा र आपुनो भविष्य आफैले निर्माण गर्दछन् भन्ने रहेको छ ।
१७ औ विश्व आदिवासी दिवस र नेपालको सन्र्दभ
यसवर्षको १७ औ विश्व आदिवासी दिवस ९ अगष्ट तदानुसार २४ श्रावणमा परेकोछ । नेपालका आदिवासीले आपुनो भाषा धर्म संस्कृति रीतिरिवाज संरक्षण र विकासका साथै शिक्षा स्वाथ्य वातवरण मानव अधिकार सामाजिक र राजनैतिक अधिकार राज्यसत्ता सबै तह र तप्कामा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व र पहुचलगायतका माग संम्बोधन गराउन विश्व आदिवासी दिवसलाई अवसरका रुपमा उपयोग गर्दै राज्यसत्तामाथि दवाव दिने काम गर्दै आएका छन् । यस क्रममा नेपालका डेढ करोड आदिवासी जनजातिका एकमात्र आधिकारीक छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको संयोजकत्वमा गठित मूल आयोजक समितिले १७औ विश्व आदिवासी दिवसलाई एक महिने कार्यक्रमकासाथ भव्य एवं व्यापक रुपमा मनाउने निर्णय गरेको जानकारि गराउन पाउँदा हामीलाई खुसी लागेको छ । धर्म निरपेक्ष संघीय लोतान्त्रिक गणतन्त्र नेपालको निमाणधीन संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गराउन विश्व आदिवासी दिवस मूल आयोजक समितिले यो नारा तय गरेको छः
स्वशासन आत्मनिर्णयको अधिकार र जाती भाषाऐतिहासिक पहिचानको आधारमा राज्य पुनसंंरचना सुनिश्चित भएको संविधान !
सयौ वर्षदेखि आदिवासी जनजाति माथीको जातिय विभेद अन्त्य र धर्मनिरेपक्ष संघीय लोकतान्त्रिक गणतन्त्र अखण्ड राष्ट्र नेपाल स्थापना गर्ने सुनौलो अभियान ! !
एक महिने कार्यक्रम अन्र्तगत प्रचरात्मक कार्यक्रम असार २४ देखि श्रावण १२ आदिवासी जनजातिका अधिकार विषयमा अन्र्तकि्रयात्मक कार्यक्रम श्रावण १३ देखि २३ र श्रावण २४ गते राष्ट्रिय सभागृह प्रर्दशनी मार्गमा संस्कृतिक भाँकी र्याली खाना महोत्सव साँस्कृतिक प्रर्दशन सहितको मूल समारोह आयोजना गरेकाछौ । कार्यक्रमहरुको विस्तृत विवरण यसैसाथ संलग्न रहेको छ । सर्वसाधरणको जानकारीको लागि एक महिने कार्यक्रमको विस्तृत विवरण पोष्टरमा समावेश गरिएकोछ । मूल समारोह कार्यक्रम लगायत एक महिने कार्यक्रमहरुमा संम्पूर्ण सर्वसाधारण तथा पत्रकारज्युहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।
साथै २०६८ श्रावण २४ गते तदानुसार अगष्ट ९ २०११ मा पर्ने यस वर्षकॊ १७औ विश्व आदिवासी दिवसबारे आम नागरिकलाई जानकारीका लागि विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसबारे समाचार अन्तवार्ता संम्वाद लेख रचना संम्पादकिया र अन्य सान्दर्भिक सामाग्रीहरुलाई आम संाचार माध्यममा उचित स्थान सहित संम्प्रेशन र प्रकाशन गरि दिनुहुनका लागि अपील गर्दछौ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %