नेता न्यौपाने र गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time:3 Minute, 15 Second

मंगलबार १६, २०७९
राज्यसत्ता
पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री तथा कांग्रेस सांसद टेकबहादुर गुरुङसहित नाै जनामाथि
विशेषले भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हाे ।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले २५ फागुनका लागि सजाय निर्धारणको फैसला सुनाउने मिति तोकिएको जानकारी दिएका छन् ।

टेक बहादुर गुरुङ प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् । गुरूङलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।

उनीहरूमाथि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग लागेकाे थियो ।

अख्तियारको अनुसन्धानले भृकुटीमण्ड भाडामा लगाउने क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको देखाएको थियो ।

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपानेमाथि पनि मुद्दा ठहर भएको छ ।

फनपार्क पनि सरकारी जग्गा हाे । याे जग्गा सञ्चालन गर्ने फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई पनि सजाय हुने भएको छ । २१ माघ २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा चार वर्षपछि फैसला आएको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोेलाको इजलासले याे फैसला गरेको हो । उक्त मुद्दामा ५ जनाले भने सफाइ पाएका छन् ।

सफाइ पाउनेहरूमा प्रवक्ता योगीका अनुसार रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरीहरू हुन् । गाहा परिषद्का तत्कालीन कोषाध्यक्ष, रिमाल तत्कालीन निर्देशक, स्वार उपनिर्देशक तथा चौधरी र धामी कानुनी सल्लाहकार हुन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %