सरकारलाई दिएको समर्थन एमालेले फिर्ता गर्याे

Read Time:1 Minute, 10 Second

फाल्गुन १५, २०७९
राज्यसत्ता संवाददाता
नेकपा एमालेले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सोमबार बिहान सचिवालमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको जनाए पनि प्रधानमन्त्रीले फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई राेकेका छन् ।।अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान राेकेपछि सरकारमा बसिराख्नु उचित नदेखिएकाे उपाध्यक्ष पौडेलले बताए ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %