
फाल्गुन १४, २०७९
राज्यसत्ता संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । काठमाडौंमा सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गर्ने एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताए ।
अध्यक्ष ओलीले प्रचण्डलाई ईङ्गित गर्दै भने, ‘उहाँ ढाँट्न, छक्याउन, धोका दिन अफ्ठ्यारो मान्नु हुन्न, जनता र सहयोद्धाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा पुर्याउने सिपाही र जीवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठूला कुरा भयो र !’
ओलीले पहिलेदेखि नै दाहाललाई राम्रोसँग चिनेको उल्लेख गर्दै सहमति तोडिनसक्ने अनुमान गरेको बताएका थिए ।
ओलीले भने ‘हातमा चक्कु लिएर बस्नु भएको थियो मलाई फूल लिएको भनेर भन्नुभयो । उहाँले नै मैले फूल लिएको हो, हातमा तपाईंलाई चक्कु भनेर भ्रम नहोस् भन्नुभयो । तपाईंले भनेपछि चक्कु होइन फूल नै हो भनेर म बसेँ तर मेरो आँखाले धोका खाएको थिएन,’ अध्यक्ष ओलिले भनेका छन् , ‘पुष्पकमल दाहालजीको बेग्लै छ, उहाँ एउटा बोल्नु हुन्छ, बेग्लै काम र अर्कै काम गर्नुहुन्छ, हेर्नु देब्रेपट्टि हुन्छ निशाना दायाँपट्टि लगाउनु हुन्छ । अस्तिसम्म पनि छक्याउने भाषा बोल्नु हुन्थ्यो । मैले पुष्पकमल दाहाललाई नचिनेको होइन तर मैले उहाँको कुरा सुनिरहेँ । उहाँले मलाई छक्याइ रहनु भयो ।’
एमाले अध्यक्ष ओलीले भने, ‘लोकतान्त्रिक र देशभक्त सरकार बनाउन बनाऔं, लोकतन्त्रको निम्ती काम गरौं, स्वच्छताका साथ काम गरौं परादर्शिताका साथ काम गरौं जनता समस्या समाधान गर्ने गरि अघि बढौं, आफ्नो स्वार्थ मात्रै नहेरौं भनेर प्रयास गरिरहेँ ।’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि शुक्रबारनै कांग्रेसका उम्मेदवारलाई सघाउने जनाएका थिए । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच नयाँ गठबन्धन बनाउने सहमतिगत पुस १० गते भएको थियो । साे सहमतिमा एमालेका उम्मेदवारलाई सघाउने विषयमा प्रचण्डले सहमति जनाएका थिए ।
