जनमुक्तिले शान्ति, संविधान र संघीयता विरोधीको भण्डाफोर गर्ने

Read Time:3 Minute, 50 Second

राष्ट्रिय जनमुक्ति पार्टीले शान्ति प्रकि्रया नयाँ संविधान र संघीयता विरोधीको भण्डाफोर गर्ने भएको छ । पार्टी संघीय परिषदको राजधानीमा साउन ७ गते सम्पन्न वैठकले भाका अभियान मार्फत उनीहरुको भण्डाफोर गर्ने निर्णय गरेको पार्टी महासचिव केशव सूर्यवंशीले जानकारी दिएका छन् ।  निर्धारित समयमै शान्ति प्रकि्रया टुँगो लगाउने र आदिवासीजनजाति, दलित, महिला, मधेशी र धार्मिक अल्पसंख्यकको अधिकार सुनिश्चित हुने गरी संविधान लेख्न दवाव दिने उद्देश्यले भाका अभियान संचालन गरिएको महासचिव सूर्यवंशी बताउँछन् ।

आगामी भदौ १ गतेदेखि कार्तिक मसान्तसम्म संचालन हुने भाका अभियानले राजनीतिक र संगठन विस्तारमा तिव्रता दिने भएको छ । तीन महिने भाका अभियान अन्र्तगत राष्ट्रिय सहमतिको लागि अन्तरकि्रया गर्ने निर्वाचन क्षेत्रस्तरीय नागरिक सभा गर्ने १ लाख नयाँ सदस्य बनाउने र गाउँस्तरसम्म प्रशिक्षण संचालन गरिने पार्टीको निर्णय  छ ।

प्रमुख तीन दल सम्मिलित राष्ट्रिय सरकार नबने चोथौ शक्तिलाई सरकार बनाउन पार्टीले समर्थन गर्ने निर्णय समेत गरेको छ । चोथौ शक्तिले सरकार बनाउँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने छलफल गर्न सकिने महासचिव सूर्यवंशीको भनाई छ ।

साउन ५ गतेदेखि शुरु भएको संघीय परिषदको वैठकले फेडरल हाउसमा ९२ सदस्य नियुक्त गरेको छ । फेडरल हाउस १७५ सदस्यीय हुने भएपनि बाँकी सदस्यहरु पछि चयन गरिने पार्टीले जानकारी दिएको छ ।  अहिले चयन भएका ९२ जनामा पार्टीमा १० वर्षभन्दा बढी योगदान गरेका आर्थिक सहयोग गरेका दलित समुदायबाट र सांस्कृतिक प्रतिनिधित्व रहेको छ । फेडरल हाउसमा थप सदस्य चयन गर्दा विज्ञ भौगोलिक अल्पसंख्यक र महिला प्रतिनिधित्वमा जोड दिइने भएको छ । पार्टीमा योगदान दिएर दिवगंत भएका  नेताहरुका श्रीमतीहरुलाई फेडरल हाउसमा ल्याउने भएको छ ।

वैठकले पार्टीमा एकिकरण हुन चाहने विभिन्न पार्टीसँग वार्ता गर्न कार्यदल गठन गरेको थियो ।

पार्टीको चौथो महाधिवेशनको सम्बन्धमा पार्टी विधान विपरीत निर्णय गरेको भन्दै रोल्पा जिल्ला कार्यसमितिलाई कारवाही गर्न संघीय परिषद सदस्य सूर्य सारु घनश्याम आले लगायतले वैठकमा चर्को माग गरेको स्रोतले बताएको छ । ३० चैत २०६७ मा रोल्पा जिल्ला कार्यसमितिले चौथो महाधिवेशनको समिक्षा गरेर पठाएको भनिएको ६ बुँदे पत्रमा नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनको मिति समेत गलत उल्लेख छ ।

सम्बन्धी समाचार

जनमुक्ति नयाँ कार्यदल

राजमुपा संघीय परिषदको वैठक शुरु

राजमुपाको फेडरल हाउस गठन हुँदै

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %