राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिँदैं

Read Time:2 Minute, 4 Second

२०७९ फाल्गुण १० बुधबार ०६:५९:००
यहि फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता टुंग्याएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले सोमबार मतदाता नामावली प्रकाशन गर्दैछ ।

संघीय संसद् र प्रदेश सभाका सदस्यहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् । आयोगले संघीय संसद् र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको हो । नामावली प्रकाशनपछि दाबी–विरोध गर्ने तथा नाम सच्याउन दुई दिनको समय दिइने छ । निर्वाचन अधिकृत महेश शर्मा पौड्यालका अनुसार फागुन १२ गतेअन्तिम मतदाता नामावली प्रकाशन गरिने बताएका छन् ।

०७८ को जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छैन त्यसैले ०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन गर्ने आयोगले निर्णय गरेको छ । संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कुल आठ सय ८४ मतदाता छन् । ०६८ को गणनाअनुसार संघको एक सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।

संघीय संसद्अन्तर्गत दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा अहिले दुई सय ७३ सदस्य कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाता तीन सय ३२ छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %