राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ

Read Time:1 Minute, 48 Second

२०७९ फाल्गुण १०

राज्यसत्ता संवाददाता
२०७७ सालमा मा सरकारले चालचलन असल र ईमानदार भएको भन्दै सिफारिस गरि राष्ट्रपतिबाट कैद माफी दिएर छुटेका दुई व्यक्तिलाई फेरि चाेरिकाे आराेपमा पक्राउ गरेकाे छ । उनिहरूलाई ७६ लाख रुपैयाँबराबरको धनमाल चोरी गरेकाे आरोपमा पक्राउ गरेकाे हाे ।

ती दुईजना व्यक्तिहरू मकवानपुरका हुन् । तिनिहरूकाे नाम रेशम रुम्बा र सागर तामाङ रहेकाे काठमाडौं प्रहरीले जनाएको छ । रेशम रूम्बा र सागर तामाङ कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल परेका थिए । ०७७ सालको प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट बाँकी कैद माफी पाएर छुटेका थिए।
उनीहरूसहितका व्यक्तिले बौद्ध फूलबारीका साङ्गे लामाको घरबाट गत माघमा ७ गते ४२ लाख रुपैयाँबराबरको गहनासहित अन्य सामान र फागुन १ गते बौद्ध स्तुपास्थित ३५ लाख ५० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेका थिए।

रेशम रूम्बा र सागर तामाङसहित योङ्गा लिम्बू, जीवन मगर, पेम्बा लामा र डिमा वाङ्दी गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार उनीहरूबाट चोरीका सामानसमेत बरामद भएको बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %