थारु हत्या अभियोगमा रेग्मी सहित ११ पक्राउ

Read Time:1 Minute, 36 Second

बाँके महादेवपुरी-३ का निर्दोष सुन्दरलाल थारुलाई कुटीकुटी हत्या गर्ने भुपेन्द्र रेग्मी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बोक्सोको निहु बनाएर थारुलाई मारेको अभियोगमा थारुहरु समेत समातिएका छन् । यसरी पक्राउ पर्नेहरुमा शिक्षक अर्जुन, यमराज, दिलबहादुर, टेकनारायण,  मंगलसिँ, राजु र अशोक थारु लगायत रहेका छन् ।  

अभियुक्त रेग्मीले घट्ना लुकाउनका लागि थारुलाई मारिसकेपछि अस्पताल र पीडितका परिवारलाई छतबाट खसेर मरेको भन्दै हिँडेका थिए । रेग्मीको नेतृत्वका हत्या गर्न गएको टोलीले सुन्दरलाललाई मरणासन्न हुनेगरी कुटेपछि  म बोक्सो हुँ भन्ने कागमा दस्थखत गराएका थिए ।

प्रत्यक्ष दर्शी गोर्वधन थारुका अनुसार सुन्दरलाललाई बन्कसको मुठो बाबियोको मुठोले कुटीकुटी मारेका थिए । थारु समुदायको भएर पनि ठूला जातिको मान्छे जसरी झारफुक गर्दै हिँड्छ भन्दै उनलाई मारेको प्रत्यक्ष दर्शीले बताएका छन् ।  

थारुको साउन ५ गते विहान हत्या भएको थियो । 

बोक्सो भनेर निर्दोष थारुको निर्मम हत्या

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %