नयाँ राष्ट्रपति एमालेबाटै हुने अध्यक्ष ओलीकाे भनाइ

Read Time:1 Minute, 33 Second

७ फागुन २०७९, आइतबार

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले यस्ताे कुरा बताएका हुन् । ओलिले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गरे ।

ओलिले भनेका छन् “अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले यो रहिरहन्छ ।”

ओलिले भने, “गणतन्त्र आएको धेरै समय भएको छैन, अहिले नै आत्तिनुपर्ने स्थिति छैन ।” राजनीतिक दलहरुसँग पूर्वराजा ज्ञानेन्द्र शाहले सहकार्य गर्न तयार रहेको भन्ने भनाइ प्रति अध्यक्ष ओलीले भने, “पूर्वराजा शाह अलमलमा पर्नुभएको छ ।”

एमाले राष्ट्रपति काे उठाउने निर्वाचन कै बेलामै घाेषणा गर्ने बताए । आउने शनिबार सत्ता साझेदार दलको तर्फबाट एमालेले अघि सार्ने राष्ट्रपति उम्मेदवार सार्वजनिक गर्ने उनले बताए । एमालेले उठाएकाे उम्मेदवार राष्ट्रपतिलाई जिताउन माओवादीको साथ र समर्थन रहनेमा ओलिकाे विश्वास छ । ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %