
हिजाे मिति २०७९ साल फागुन ४ गतेका दिन वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय अनामनगरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठक बसेकाे छ । साे बैठकले स्ववियुमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, सिटिभिटिमा उत्पन्न समस्याको समाधान गरिनुपर्ने, सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिनुपर्ने, विद्यार्थीले यातायात र दैनिक उपभाेग्य वस्तुमा ४५% छुट पाउनु पर्ने, मुलुकमा व्याप्त मिटर ब्याज र लघुवित्तिय शोषणको विरुद्ध एवं सुकुम्बासी र श्रमजीवीहरुको पक्षमा संघर्ष गर्ने र वर्तमान शिक्षा प्रणालीको विषयमा बृहत छलफल र अन्तक्रिया गरी समय सापेक्ष शिक्षा प्रणालीका स्थापनाका लागि सबै विद्यार्थी संगठन अघि बढ्ने निष्कर्ष निकालेकाे छ ।
संयुक्त प्रेस विज्ञप्तिकाे पूर्ण अंश
हिजाे मिति २०७९ साल फागुन ४ गतेका दिन वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय अनामनगरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले लिएको निर्णयहरु निम्नानुसार रहेका छन् ।
१.स्ववियु निर्वाचनमा सहभागी भई पुर्ण समानुपातिक र समावेशीताको लागि आवश्यक पहल कदमी लिने ।
२.सि.टी.इ.भि.टी मा उत्पन्न भएका समस्याहरुको समाधानको लागि संयुक्त विद्यार्थी संगठनको तर्फबाट ज्ञापनपत्र पेश गर्ने ।
३.पेट्रोलियम पदार्थमा भइरहेको मुल्यवृद्धि फिर्ता गराउनका लागि संयुक्त रुपमा संघर्ष गर्ने ।
४.विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुट सम्पुर्ण क्षेत्रमा लागु गराउन सरकारलाई ज्ञापनपत्र दिने ।
५.मुलुकमा व्याप्त मिटर ब्याज र लघुवित्तिय शोषणको विरुद्ध एवं सुकुम्बासी र श्रमजीवीहरुको पक्षमा संघर्ष गर्ने ।
६.वर्तमान शिक्षा प्रणालीको विषयमा बृहत छलफल र अन्तक्रिया गरी समय सापेक्ष शिक्षा प्रणालीका स्थापनाका लागि अघि बढ्ने ।



