विश्व आदिवासी दिवसको अवसरमा अगस्ट ९ अर्थात साउन २४ गते आदिवासी जनजातिहरुले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा वृहत कार्यक्रम गर्ने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले साउन ६ गते मातहतका सम्पूर्ण जातीय संस्थालाई पत्राचार गरीसकेको महासंघका महासचिव आङकाजी शेर्पाले जानकारी दिएका छन् ।
आदिवासी दिवसको अवसरमा जातीय पहिरणमा उपस्थित हुन समेत महासंघले आग्रह गरेको छ । बाजागाजा परम्परागत जातीयता झल्काउने सामग्री सहितको र्याली निकालिने तयारी भईरहेको छ । पछिल्लो समय आदिवासी दिवस आदिवासी जनजातिको अधिकारमा भन्दा औपचारिक कार्यक्रम र तामझाममा केन्द्रित हुने गरेको छ ।
