अर्थमन्त्री पौडेलकानुसार भनसुनले योजना छनोट गर्ने जमानाको अन्त्य

Read Time:3 Minute, 39 Second

फागुन २, २०७९,

काठमाडौं, फागुन २ गते।
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ।

मंगलबार बसेको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले जानकारी गराए । सो क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै पाैडेलले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा चुक्ने बताए ।

मन्त्री पौडेलले भनसुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताउनुभयो। उहाँले नेपालमा अब भनसुनका आधारमा योजना छनोट नहुने दाबी गर्नुभयो। मन्त्री पौडेलले योजना आवश्यकताका हुन् वा होइनन् भन्ने कुराको अध्ययन गरेर मात्रै डीपीआर बनाउने, अरू युटिलिटीका काम सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

अर्थमन्त्री पाैडेलले प्रदेश र स्थानीय तहका योजना सङ्घको सूचीमा रहेको भन्दै संघीयताअनुसारको बजेट कार्यान्वयन गर्नेमा जोड दिएका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘‘अब नेपालमा भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भएको छ। मैले बारम्बार भन्ने गरेको छु। भनसुनको आधारमा योजना छनोट गर्ने आवश्यक हो कि होइन, त्यो आयोजना आवश्यक हो, होइन भन्नेकुरा अध्ययनका आधारमा यकिन हुनुपर्छ। आवश्यक हो भने त्यसको प्राथमिकता के हो ? त्यसपछि हामी विस्तृत अध्ययनमा जाने, डीपीआर बनाउने, अरू युटिलिटीका काम सकिसकेपछि ती आयोजनालाई कार्यान्वयनमा लैजानुपर्छ।’’

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकारबाट मन्त्रिपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभा समक्ष पेस गरेका थिए ।

आजको बैंककमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पूर्व सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेकाे छ। राष्ट्रिय सभाको अर्को बैठक भने फागुन १४ गते आइतबार १ बजेर १ मिनेटमा बस्ने गरि तय गरिएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %