
फाल्गुन २, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — सोमबार काठमाडाैंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनी लगायतलाई बोलाएर कारबाही गर्ने गृह सचिव बिनोद सिंहले निर्देशन दिएका छन् ।
यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि प्रदर्शनकारीहरुले लोत्से मलका पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।
प्रदर्शनकारिले प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड गरेका छन् । भ्यान र भवन ताेडफाेडमा संलग्नलाई पनि कारबाही गर्ने गृहमन्त्रालयले निर्देश गरेको छ । प्रदर्शनलाई नियन्त्रण लिने सवालमा प्रहरीको तर्फबाट समन्वय र स्थितिको आकलन गरी तत्काल लिनुपर्ने रणनीतिबारे कमजोरी भएको थियाे । याे कमजोरीका बारेमा गृहले प्रहरी अधिकारीहरुसमक्ष चासो राखेको छ ।



