ज्ञानेन्द्र शाह भन्दा झलनाथ खनाल र कृष्णबहादुर महरा तानाशाही – पत्रकारलाई सिँहदरबारमा कफ्र्यु

Read Time:2 Minute, 15 Second


मुलुकको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिँहदरबारमा स्वतन्त्र साचारकर्मीलाई जान नदिएर प्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री कृष्णबहादुर महराले पूर्वराजा ज्ञानेन्द्र शाहको भन्दा तानाशाही अनुहार देखाएको छ । ज्ञानेन्द्र शाहको निरंकुश शासनकालमा समेत पत्रकारलाई प्रवेशमा रोक नलगाइएको सिँहदरबारमा  एमाओवादी र एमाले सरकारले नियोजित रुपमा रोक लगाएको छ ।

स्वतन्त्र पत्रकारलाई सिँहदरबार प्रवेश रोक लगाएपनि माओवादीको लडाकु दस्ता वाइसिएल र एमालेको लडाकु दस्ता युथफोस्रलाई भने निर्वाध प्रवेशको व्यवस्था गरेको छ । साउन ४ गतेदेखि प्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री कृष्णबहादुर महराको निर्देशनमा पत्रकारलाई प्रवेशमा रोक लगाएको स्रोतले जानकारी दिएको छ ।

माओवादी र एमाले गठबन्धन सरकारले राज्यको ढुकुटी गरेको ब्रम्हलुटको समाचार बाहिर आउँछ भनेर पत्रकारलाई जान रोक लगाएको माओवादी र एमालेका दोस्रो दर्जाका नेताहरुले बताउने गरेका छन् । अराजकता महँगी र बदमासीले सिमा नाघीरहेको बेला सिँहदरबारमा प्रवेश रोक लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

संसदीय मामिला पत्रकार समाज, नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले सरकारको निरंकुश व्यवहारको कडा निन्दा गरेको छ । संसारको कुनै पनि लोकतान्त्रि मुलुकमा यस्तो घट्ना हुँदैन ।

ज्ञानेन्द्रको शासनकालमा सचार गृहमा हतियार सहित सेना पठाउने, टेलिफोन काट्ने, धम्की दिने गर्दा पनि सिँहदरबार प्रवेशमा भने रोक लगाएको थिएन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %