चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय

Read Time:2 Minute, 17 Second

माघ २८, २०७९, शनिबार

काठमाडौं,
आईतवारृ नेपाल चिकित्सक सङ्घले देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले प्रेश विज्ञप्तिमा जनाएको छ ।

हिजाे शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको चिकित्सक सङ्घले जनाएको छ ।

सङ्घले शनिबार एक विज्ञप्ति जारी गर्दै माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख्य गरिएकाे छ, “२०७९ माघ २७ गते नेपाल चिकित्सक सङ्घका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।”

नेपाल चिकित्सक संघबाट २०७९ माघ २७ र २८ गते प्रकाशित प्रेश विज्ञप्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %