अरुण थापा स्मृतिमा राना र थापात्रय सम्मानित

Read Time:1 Minute, 45 Second

गायक अरुण थापा मगरको १३ औँ वार्षिक स्मृति दिवसको अवसर अतिरिक्त प्रहरी महानिरीक्षक कुवेरसिँह राना मगरलाई सम्मान गरेको छ । नेपाल विद्यार्थी मगर सङ्घले राजधानीमा साउन ५ गते  एआइजी राना मगरसँगै गीतकार दीपक थापा मगर, सगरमाथा आरोही कुलबहादुर थापा मगर र  राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरलाई सम्मान गरेको हो  ।

सम्मान कार्यक्रममा सूचना तथा साचारमन्त्री अग्निप्रसाद सापकोटाले गीतकार थापा मगरलाई रु पाँच हजारसहित सम्मानपत्र र अन्य सम्मानितलाई सम्मान  गरेका हुन  । मन्त्री सापकोटाले गायक थापाले नेपाली सङ्गीतको विकासमा ठूलो योगदान पुर् याई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको पहिचान बढाएको धारणा राखे ।

नेपाल मगर महिला संघका अध्यक्ष गंगा खासु मगरले सम्मानित व्यक्तित्वहरुको सफलताको कामना गरिन ।

सङ्घका उपाध्यक्ष रेणुका काउचा मगरले थापाले नेपाली साङ्गीतिक क्षेत्रमा कि्रयाशील रही सम्पूर्ण जीवन समर्पित गरेकाले उनी मगर समुदायको मात्र नभएर समग्र राष्ट्रको सम्पत्ति भएको धारणा राखिन् ।

तिलीसरा राना मगर\काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %