राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषद (केन्द्रिय समिति)को वैठक राजधानीमा शुरु भएको छ । परिषदको वैठक ललितपुरको जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा साउन ५ गते दिनको १२ बजे शुरु भएको हो । गत फागुनमा पार्टीको महाधिवेशनपछि यो दोस्रो नियमति वैठक हो ।
वैठकमा फेडरल हाउस निर्माण, संघीय परिषदमा मनोनित गर्नबाँकी सदस्यहरुको विषय, समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी नीति तथा कार्यक्रमको विषयमा छलफल भईरहेको पार्टी प्रचार विभाग प्रमुख टोप अस्लामी मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
निर्धारित समय भन्दा एक घण्टा ढिलो शुरु भएको परिषदको वैठक साउन ७ गतेसम्म चल्न सक्ने उनले बताए । पार्टीको पहिलो वैठक गत वैशाखमा बसेको थियो ।
राजमुपाको फेडरल हाउस गठन हुँदै
