राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा मॊति गुरुङ्ग

Read Time:1 Minute, 9 Second

राष्ट्रिय अनुसन्धान विभागमा मोति गुरुङ्ग प्रमुख अनुसन्धान निर्देशकमा बढुवा भएका छन् ।
साउन ४ गते राजधानीमा बसेको मन्त्री परिषदको वैठकले गुरुङ्गलाई विभागको प्रमुख बनाउने निर्णय गरेको हो । राज्यसत्ता डटकमले गुरुङ्ग प्रमुख बन्न लागेको  समाचार साउन १ गते तीन सुरक्षा निकाय जनजातिको कमाण्डमा, प्रहरीमा ११ महिनापछि प्रसारण गरेको थियो ।

अनुसन्धान विभागका निवर्तमान प्रमुख अशोकदेव भट्टले अवकास पाएपछि गुरुङ्गले कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएका थिए । गुरुङ्गले यो विभागको जिम्मेवारी सम्हालेपछि मुलुकको तीन सुरक्षा अंग आदिवासी जनजाति समुदायको नेतृत्वमा पुगेको छ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिँ राना मगर छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %