फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन मूल समारोहको बैठक

Read Time:2 Minute, 17 Second

सिंह दरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक प्रचण्डको अध्यक्षतामा बस्दै । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

२४ माघ २०७९, मङ्गलबार

काठमाडौं,
फागुन ७ गते प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा मूल समारोह समितिको बैठकले बसि विभिन्न कार्यक्रमको बारेमा छलफल गरिएकाे छ ।

फागुन ७ गते जहानियाँ निरङ्कुश राणाशासनको अन्त्य गर्न नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्रजातन्त्र प्राप्त भएको हाे । वर्तमान लोकतन्त्रिक गणतन्त्रको स्थापना गर्नमा फागुन ७ गते ऐतिहासिक महत्त्व रहेकाे छ ।

२००७ सालको सङ्घर्षबाट नै मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणाशासन अन्त्य भएकाे थियाे ।

२००७ सालकाे सङ्घर्षले नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बन्ने बाटो खाेलिदिएकाे हो । यहि सङ्घर्षले आधुनिकतातर्फको ढोका खाेलिदिएकाे हाे ।

२००७ साल फागुन ७ गते प्राप्त भएकाे प्रजातान्त्र २०१७ सालको प्रतिगामी कदमबाट शिशु अवस्थामै प्रजातन्त्रको विकास हुन नपाउँदै घाँटी निमाेठ्ने काम भएको थियाे ।

यस पछि जनताकाे अधिकार पुनः प्राप्तिका लागि नेपाली जनताले पटक पटक सशस्त्र सङ्घर्ष र वन आन्दोलनहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयाे । सशस्त्र सङ्घर्ष, आन्दोलन र जनआन्दोलनमा नेपाली जनताले बलिदान गरे । यसैकाे परिणामस्वरुप अहिले देशमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको संविधानसभा सभाबाट नयाँ संविधान निर्माण भएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %