
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आधिकारिक वेभसाइटका अनुसार झकबहादुर थापा प्रतिष्ठानका उपाध्यक्ष होइनन् । वेभसाइटमा उपाध्यक्षको हैसियतले जीतपाल किरातीले नै शुभकामना दिएका छन् ।
राज्यसत्ता डटकमले जनजाति प्रतिष्ठानको आधिकारिक वेभसाइट भन्छ- उपाध्यक्ष जीतपाल किराती नै हो शीर्षकको समाचार प्रसारण गरेपछि किरातीको फोटो भने हटाएको छ । तर अंग्रेजीमा उल्लेख भएको कन्टेन्ट भने अझै पनि जीतपाल किराती कै नाम छ । वर्तमान उपाध्यक्ष ज्यूलाई जस्तै सबै जनजातिलाई अंग्रेजी कालो अक्षर भैंसी बराबर भएको भए त थाहा पनि हुँदैनथ्यो होला ।
