
‘कहीँ नभएको जात्रा सिँहदरबारमा’ भने झैं स्थायी सरकारको रुपमा लिइने निजामति कर्मचारीहरु नै कानुन मिचेर आन्दोलनमा उत्रेपछि नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेका छन् । सिँहदरबार भित्र धर्ना, जुलुस, अवरोध गर्नु प्रचलित कानुनको ठाडो उल्लंघन हो भनेर जान्दा जान्दै कानुन मिच्ने २०० कर्मचारीलाई प्रहरीले साउन ३ गते नियन्त्रणमा लिएको हो ।
सरकारले बृद्धि गरेको ४३ प्रतिशत तलब कम भएको तलब बृद्धिमा समानता नभएको भन्दै आन्दोलनमा उत्रेका राष्ट्रिय कर्मचारी संगठन कर्मचारी मिलन केन्द्र सरकारी र निजी सवारी चालकसंघका कर्मचारीलाई पक्राउ गर्नुपरेको काठमाडौं प्रहरी परिसरका एसपी केदार रिजालले जानकारी दिएका छन् । यी सबे संगठन विभिन्न दलका भार्त संगठन हुन ।
एमाओवादी सरकारको पालामा पिउनदेखि मुख्य सचिवसम्मको तलब जम्मा रु २००० बृद्धि हुँदा समेत खुशीयालीमा भोज गरेका कर्मचारीहरुले अहिले रु १० हजारसम्म तलब बढ्दा पनि आन्दोलन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जनताको सानो काम पर्दा कानुनी अड्चन तेस्र्याएर सिधै ‘घुस’ माग्ने कर्मचारीहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि मुलुकको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र थप्प पार्न लागेपछि प्रहरीले डण्डा चलाउनु परेको प्रहरी स्रोतको भनाई छ ।
