
माघ २३, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँका दरले बढाएको जनाएको छ । निगमले भारतबाट मूल्य बढेर आएकाेले मूल्य बढाएको जनाएको छ ।
अबकाे पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ निगमले कायम गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेकाे छैन ।
