नेपाल विद्यार्थी माेर्चाकाे भर्चुअल बैठक सम्पन्न

Read Time:1 Minute, 47 Second

माघ २२, २०७९

यहि माघ २२ गते राष्ट्रिय जनमुक्ति पार्टीकाे भातृ संगठन नेपाल विद्यार्थी माेर्चा केन्द्रीय समितिकाे बैठक माेर्चाका अध्यक्ष पूर्ण बहादुर रानाकाे अध्यक्षतामा भर्चुअल माध्यमबाट बैठक सम्पन्न भएको छ । बैठकले यहि मिति २०७९ चैत ५ गते हुने स्ववियु निर्वाचनमा संभव भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा माेर्चाले शसक्त रूपमा सहभागी जनाउने निर्णय गरेकाे छ । यसरिनै म माेर्चाकाे पाँचाै महाधिवेशन २०७९ चैत महिनाभित्र गर्ने निर्णय गरेकाे छ । महाधिवेशन अगाडि संगठन विस्तारकाे फागुन महिना माेर्चाका केन्द्रीय पदाधिकारीहरू आ-आफ्नो पाएक पर्ने क्षेत्रमा खट्ने निर्णय भएकाे छ । बैठकले नेपाल विद्यार्थी माेर्चा केन्द्रीय समितिका अध्यक्ष पूर्ण बहादुर राना राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय सचिवमा चयन भएकोमा माेर्चाले बधाई सहित पार्टीलाई धन्यवाद दिएकाे छ । यसरिनै त्रि-चन्द्र कलेज बि. ए. प्रथम वर्षमा अध्ययनरत प्रमाेद प्रखरलाई केन्द्रीय सदस्यमा चयन गरिएकाे छ । भर्चुअल बैठककाे हाेस्ट माेर्चाका बरिस्ठ सहअध्यक्ष प्रेमध्वज गाहाले गरेका थिए ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %