राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग माओवादी केन्द्रले सहकार्य गर्ने

Read Time:2 Minute, 36 Second

माघ २१, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — राष्ट्रपतिका लागि नेकपा (माओवादी केन्द्र) ले सकेसम्म राष्ट्रिय सहमति खोज्ने तर राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गरेर अघि बढ्ने जनाएको छ । केन्द्रीय पार्टी कार्यालय काठमाडौंमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यस्तो चर्चा भएको हो ।

नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म राष्ट्रिय सहमतिको प्रयास गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने सञ्चारकर्मीहरूसँग बताए छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबै पार्टीले समर्थन गरेकाे थियाे । सबै पार्टीले विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफल गर्ने बताए । गृहमन्त्रीको बारेमा भने आजको बैठकमा छलफल नभएको बताए ।

सत्ता साझेदार दल एमालेलाई चिढ्याएर आफूहरू अघि बढ्न नचाहेको बताए । पाैडेलले ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो,’ भने, ‘गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौं । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’ उनले भने

यहि फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरिसकेको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा छ भने एमालेकाे आफ्नाे उम्मेदवारको नाममा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिंदै आएको छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %