
माघ १९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल तिनदिने नेपाल भ्रमण आएका छन् । उनको नेतृत्वमा उच्चस्तरीय टोली तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका हुन् ।
मलेसियन गृहमन्त्री इजमाइलको विशेष भ्रमणकाे उद्ेश्य मलेसियाले तत्काल ५ लाख विदेशी कामदार लैजाने भएपछि नेपालबाट उपलब्ध हुनसक्ने कामदारको अवस्था बुझ्न उनकाे नेतृत्वमा उच्चस्तरीय टोली आएको हो । गृहमन्त्री इजमाइलले गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भइसकेको छ ।
मलेसियाले १५ देशबाट कामदार लैजाने गरेको छ । नेपाली राजदूत डिल्लीप्रसाद पौडेलका अनसुार मलेसियाका लागि १५ वटा श्रोत देश जाने क्रममा पहिलो भ्रमण नेपालबाट गरेका हुन् । उनकाे टोली शनिबार दिउँसो बंगलादेशको ढाका प्रस्थान गर्नेछ ।
मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रमा कामदारको अभाव भएको भन्दै श्रोत देशबाट तुरुन्तै कामदार ल्याउने गरेकाे छ । मलेसियाले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ नीति ल्याएकाे छ । यसैले मलेसियाले कामदार श्रोत देश पुग्ने नीति ल्याएको हो । राजदुत पाैडेलले भनेका छन् ‘मलेसियाले श्रम क्षेत्रमा सुधार गरिरहेको छ । यसबारे श्रोत देशलाई पनि जानकारी दिन खोजिएको छ’ । राजदूत पौडेलकाे अनुसार मलेसियाले ,‘नेपाललाई मलेसियाले प्राथमिकता साथ हेरिरहेको छ ।’
नेपालबाट औपचारिक क्षेत्रका लागि घरेलु कामदारसमेत पठाउन नेपालसँग लविङ गर्ने मलेसियाले योजना बनाएको छ । घरेलु कामदार पठाउन मलेसियाले नेपालसँग लगातार आग्रह गर्दै आएको थियो । नेपालपछि मलेसियाको टोलीले अर्को प्रमुख श्रोत देश बंगलादेशसँग पनि संवाद गर्ने छ । हाे । उच्च अधिकारीसमक्ष भेटवार्ता गर्नेछ । रर
गृहमन्त्रीले शुक्रबार मध्याह्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालसँग लन्च मिटिङ गर्ने तय भएको छ । यो बैठकमा नेपालले श्रम सम्झौता कार्यान्वयनको लागि बाधा परेको विषयलाई सम्बोधन गर्न दुई देशबीचका अधिकारीहरुको संयुक्त बैठक निश्चित गर्ने एजेण्डा राखेको छ ।
श्रम मन्त्रालयका निमित्त श्रम सचिवसमेत रहेका प्रवक्ता डण्डुराज घिमिरेले भनेका छन् मलेसियासँग श्रम सम्झाैता भएको छ । मलेसियाको रोजगारीमा जाँदा शून्य लागतको नीति छ । यसको कार्यान्वयनमा देखिएको जटिलतालाई सम्बोधन गर्न संयुक्त बैठक बस्नु आवश्यक छ । यो विषयलाई हामीले प्राथमिकतामा राखेका छौं’ । उनले भनेका छन् ‘कामदारको मर्यादित श्रम, सामाजिक सुरक्षाको सुनिश्चितता र उपचार पाउने प्रबन्धको विषयमा छलफल हुनेछ ।’
