‘नेपाली क्लव र भिसा खुलाउन म सक्रिय सहयोग गर्छु’- सभामुख हङकङ

Read Time:3 Minute, 15 Second

१७ जलाई, हंगकंग
यहाँ सक्रिय प्रमुख नेपाली संघ संस्थाहरुको नेतृत्व र  डिएवि पार्टी हंगकंगका निवर्तमान अध्यक्ष तथा विधान सभाका सभामुख चाङ योक सीन  (जिविएस, जेवि) विच नेपाली समूदायको प्रमुख समस्याका बारेमा अन्र्तक्रिया आयोजन गरियो ।

याउ मा तेइ कम्यूनिटि हलमा सम्पन्न भएको उक्त कार्यक्रम मगर संघ हंगकंग तथा आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष र एथ्नीक माइनेरिटी कमिटिका समेत सदस्य रहेका एमवि थापा मगरको सक्रियतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विशेष गरेर अन्य देशका समुदायलाई जस्तै नेपाली समुदायलाई पनि एउटा क्लव हाउसको आवश्यकता भएकोले क्लवको माग गरिएको थियो । यस अघि आ- आफ्नो ब्यक्तिगत रुपमा पहल गरेर क्लबको माग राख्न जाने नेपाली नेताहरुले यसपटक भने सामूहिक रुपमा त्यस्तो माग राखे । सबैको तर्फबाट हस्ताक्षर गरिएको क्लबघरको लागि राखिएको मागपत्र सभामुखलाई बुझाइएकोथियो । उनले क्लवको लागि  सरकारी निकायसंग पलह गर्ने आश्वासन दिए । त्यस्तै नेपाली कामदारलाई भिजा फुकुवा गर्नुपर्ने  मागमा पनि उनको सकारात्मक जवाफ थियो । यस बारेमा हंगकंगको अध्य।गमन विभागसंग समय मिलाएर नेपाली प्रतिनिधि सहित बसेर विस्तृत रुपमा छलफल गरी अगाडि बढ्ने कुरा जानकारी गराए ।

 

त्यस्तै हंगकंगमा पढीरहेका विद्यार्थीहरुलाई भाषाको समस्या भएकोले माथिल्लो लेभलसम्म अध्ययन गर्न विद्यार्थीहरु असफल भएको भन्ने कुरामा पनि उनले अब आउने सानो नानीहरुलाई चाइनिज भाषा पढाइने स्कूलमा शुरुदेखि नै पढाएदेखि यो समस्या भविष्यमा हल हुने बताएकाथिए । यूनलोङको कतिपय स्कूलहरुमा नेपाली भाषी शिक्षक पनि राखिएकोले याउ मा तेइ स्थित काई फो प्राइमरी स्कूलमा पनि ४० प्रतिशत भन्दा माथि नेपाली विद्याथीै भएकोले नेपाली भाषी शिक्षक राख्न माग गरिएको थियो । त्यसमा उनी सहमत थिए ।

हामीसंग विभिन्न किसिमको समस्या भएकोले अन्य समस्याहरुको पनि योजनाबद्ध तरीकाले समाधानको माग राख्दै जानु पर्ने र यसमा हामी सवै एक हुनुपुर्ने भन्दै एमवि थापा मगरले सवैलाई आह्वान गरेकाथिए ।   कार्यक्रममा नेपाली संस्थाका बहुसंख्यक प्रतिनीधिहरुको सहभागीता थियो ।

भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %