
राज्यसत्ता संवाददाता
अन्तर्राष्ट्रिय मिडियाका तथा अलजजिराको समाचार अनुसार पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरस्थित एक मस्जिदमा बम विस्फोट गरिँदा २७ जनाकाे मृत्यु र १५० जना मानिस घाइते भएको बताएकाे छ । बम विस्फोटले मस्जिदको केही भाग भत्किएको छ । भत्किएको मस्जिद भित्र कतिपय मानिसहरू पुरिएर रहेको आशंका गरिएको छ ।
पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय मिडियालाई दिएकाे प्रतिक्रिया अनुसार साे मस्जिदकाे क्षमता ३०० जना रहेको र विस्फोट हुँदा हल लगभग हल भरिएको थियाे । प्रहरिले बम हमला आत्मघाती थियो कि बम आक्रमण थियो साे कुराकाे यकिन भएको छैन । यस सम्बन्धि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
