२०७९ माघ १६
राज्यसत्ता संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। उपविदेश मन्त्री आईपुगेकाे कुरा नेपालस्थित राजदुतावासकाे सामाजिक मिडिया फेसबुक मार्फत जानकारि गराएको हाे । न्युल्यान्ड आइतबार साँझ काठमाडौं आएकी हुन्।
उनकाे भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्ने छिन् । साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने भएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार नुल्यान्डकाे उच्चस्तरीय भेटमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी छ।
अमेरिकी दूतावासका अनुसार नुल्यान्डले नेपाली उच्च सरकारी अधिकारीसँग पनि छलफल गर्नेछिन्। ‘राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सरकारी अधिकारीहरूसँग भेटेर बलियो द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने कार्यक्रम छ। नेपालको विशिष्ट सांस्कृतिक सम्पदामा सहयोग गर्न पाउनु अमेरिकी सरकारको गौरवको विषय हो,’ अमेरिकी राजदूतावासले भनेको छ ।
यू. एस. एम्प्बेसिले भनेकाे छ प्रतिष्ठित कुटनीतिज्ञ तथा राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डलाई
नेपालमा स्वागत गर्न पाउँदा हामी सम्मानित बनेका छौँ । ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप-विदेशमन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकाहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालिसक्नुभएको छ । नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनु हुनेछ । साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ । यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ ।
नुल्यान्डले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी हुन् । त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्य सम्पन्न गरिसकेकि छिन् । नुल्यान्डकाे अमेरिकी विदेश मन्त्रालयमा ३३ वर्ष कार्य गरेकाे अनुभव छ । उनले जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशसनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन-२०७९ पश्चात् गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएपछि आउन लागेकी उनी पहिलो अमेरिकी उच्च अधिकारी हुन्। यसअघि गत जेठ पहिलो साता तिब्बती शरणार्थी मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उजरा जियाको भ्रमण भईसकेकाे थियो।
