१ साउनमा किशोरकुमार लामा सशस्त्र प्रहरी बलको कामु महानिरीक्षक नियुक्त भएपछि तीन सुरक्षा निकाय आदिवासी जनजातिको नेतृत्वमा पुगेको छ । विराज थापा मगर पहिलो प्रधानसेनापति भएको नेपाल आर्मीको कमाण्ड यतिबेला प्रधानसेनापति छत्रमानसिँ गुरुङ्गले हाँकीरहेका छन् । राष्ट्रिय अनुसन्धान विभागमा एआइजी मोति गुरुङ्ग कामु प्रमुख छन् ।
योग्यता र वरिष्ठताको हिसाबले मोति गुरुङ्ग अनुसन्धान विभागको प्रमुहको हकदार हुन । साउन ४ गते उनलाई प्रमुखमा नियुक्त गर्ने तयारी भईरहेको अनुसन्धान विभाग स्रोतले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ । यदीप मुख्य सचिव लिलामणी पोखरेल गुरुङ्गलाई प्रमुख नबनाउन न्वारानदेखिको बल लगाएर हिँडेको स्रोतले बताएका छ ।
नेपाल प्रहरीमा कुवेरसिँ राना मगर प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहपछिका एकमात्र महानिरीक्षकका उम्मेदवार हुन । एआइजी राना मगरले प्रहरी प्रमुखको कमाण्डसम्हाल्न भने ११ महिना जति प्रतिक्षा गर्नुपर्दछ । यद्यपि राना मगरलाई पनि जनजाति भएकै कारणले महानिरीक्षक बन्न नदिने षडयन्त्र भने भईरहेको छ ।
सुरक्षा निकायमा आदिवासी जनजाति प्रमुख हुनु निश्चय पनि सिँगो मुलुक र ति समुदायको लागि समेत सकारात्मक कुरा हो । तर यि चारै सुरक्षा निकाय हाँक्न गृहमन्त्री र गृह सचिवको कुर्सी भने आदिवासी जनजाति लागि बने जस्तो देखिदैन ।
