त्रिभुवन विश्वविद्यालयकाे आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा यहि चैत ५ गते हुन गईरहेकाे स्व.वि.यु. निर्वाचनकाे निर्देशिका सम्बन्धि छलफल कार्यक्रम आज शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालकाे अध्यक्षतामा बसेकाे छ । बैठकले आगामि निर्वाचन पूर्ण जातीय समानुपातिक प्रतिनिधित्व गरिनेबारे उच्चस्तरिय आयाेगले प्रतिवेदन बुझाउने भएको छ । यस पटकाे निर्वाचन चैत ५ गते सम्पन्न गर्ने र यसपछिकाे त्रिविकाे स्ववियु निर्वाचन प्रत्येक २/२ वर्षमा फागुन १४ गते सम्पन्न गर्ने भएकाे छ । स्ववियु निर्वाचनलाई ठूला दलहरूले मिनि संसदिय निर्वाचनकाे रूपमा लिने गर्दछ ।

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना सहित २४ जना विद्यार्थी नेताहरू आमन्त्रितकाे रूपमा उपस्थित थिए ।


