राजमुपाको फेडरल हाउस गठन हुँदै

Read Time:1 Minute, 23 Second

गत फागुनमा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको राष्ट्रिय जनमुक्ति पार्टीले माथिल्लो सदनको रुपमा रहने संघीयसभा(फेडरल हाउस) गठन गर्ने तयारी गरिरहेको छ । साउन ५ र ६ गते ललितपुरको धोबीघाटस्थित पार्टी मुख्यालयमा बस्ने संघीय परिष (केन्द्रिय समिति)को वैठकमा विषयमा वृहत छलफल हुने पार्टी महासचिव केशस सूर्यवंशी मगरले राज्यसत्ता डटकमलाई जानकारी गराएका छन् । फेडरल हाउसमा रहने ७५ जनाको नाम सिफारिस भईसकेको छ ।

महासचिव सूर्यवंशीका अनुसार फेडरल हाउसमा जातीयगत क्षेत्रगत र लैंगिक रुपमा समावेशी प्रतिनिधित्व हुनेछ । १७५ सदस्य रहने फेडरल हाउसको अध्यक्ष संघीय परिषदकै अध्यक्ष हुने विधानमा उल्लेख छ । फेडरल हाउसमा १५ जनाको अध्यक्ष मण्डल रहने व्यवस्था छ ।

फेडरल हाउस गठन वाहेक संघीय परिषदको वैठकमा संविधान निर्माण र शान्ति प्रकि्रया, पार्टीको आगामी कार्यनीति लगायतको विषयमा छलफल हुने भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %