सशस्त्र प्रहरी बलको कामु महानिरीक्षकमा किशोरकुमार लामा नियुक्त भएका छन् । अतिरिक्त प्रहरी महानिरीक्षक लामालाई साउन १ गते बसेको मन्त्रीपरिषदको वैठकले कामु महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
लामा सशस्त्र प्रहरीको महानिरीक्षको रुपमा जम्मा दुई हप्ता मात्रै रहनेछन् । लामाले ३० वर्षे सेवा अवधिका कारण साउन १४ गते अवकास पाउँदैछन् । सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत ३१ असारमा रिटार्यड भएपछि खाली रहेको स्थानमा लामा बढुवा भएका हुन । लामा कर्तव्यनिष्ठ र इमान्दार प्रहरी अधिकारीको रुपमा परिचित छन् ।
द्वन्दकालमा गठन भएको सशस्त्र प्रहरी बलको संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठलाई एमाओवादीले हत्या गरेका थिए ।
