‘आफ्नो आवाज प्रभावकारी बनाउन जनजातिले आफ्नै मीडिया खोल’ – आदिवासी पत्रकार संघ

Read Time:3 Minute, 22 Second

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी संचारमाध्यममा बहुलता तथा समावेशी र जातीय\क्षेत्रीय संघीयतालाई अनिवार्य समावेश गरी शान्ति प्रकि्रयालाई अघि बढाउँदै २०६८ भदौ १४ भित्र नयाँ संविधानको मस्यौदा जारी गर्न सरकार तथा राजनीतिक दललाई आग्रह गरेको छ ।अनिजका अध्यक्ष मोहनसिँ लामाको अध्यक्षमा सम्पन्न भेलाले पत्रकारहरुमाथि आक्रमण धम्की तिब्र पारिएको, अपराधीहरुलाई पक्रन किटानी जाहेरी िदंदा समेत सरकार अपराधीलाई संंरक्षण गरिरहेकोमा घोर भत्स्रना गर्दै तत्काल दण्डहिनता अन्त्य गरी सुरक्षित पत्रकारिताको वातावरण सिर्जना  सरकारसँग माग समेत गरेको छ ।
आदिवासी समुदायबाट स्थापना गरिएको संचार माध्यम, मातृभाषामा प्रकाशित पत्रपत्रिका र मातृभाषामा प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहनका लागि विशेष सहयोग गर्न सरकारलाई आग्रह गरिएको  भेलापछि महासचि डण्ड गुरुङ्गद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।   
अनिजले सरकारी स्वामित्वमा रहेका गोरखापत्र दैनिक नेपाल टेलिभिजन रेडियो नेपाल र राष्ट्रिय समाचार समितिमा बहुलता र समावेसी न्यूजरुम निर्माण गर्न  तथा स्थानीय निकायमा जाने अनुदान रकममा समावेसी र समानुपातिक बाँडफाँड गर्ने नीति अवलम्बन गर्न  माग गरिएको छ । आदिवासी जनजाति अल्पसंख्यक सीमान्तकृत महिला दलित समुदायका पत्रकारितामा कि्रयाशील पत्रकारहरुलाई क्षमता वृद्धिका लागि तालिमको व्यवस्था गर्न र मूलधारको साचार माध्यममा न्यूजरुम समावेसी बनाउन सबै संचारमाध्यमका साचालकलाई आग्रह गरेको छ ।
अनिजको भेलाले आदिवासी जनजाति भूमिपूत्रहरुको आवाज साचार माध्यममा संप्रेसन हुन नसकेको भन्दै हाम्रो आवाज हाम्रैमार्फत भन्ने ध्येयले आदिवासी जनजाति उद्योगपतिहरुलाई साचार माध्यम साचालनका लागि लगानी गर्न आव्हान गरेको छ । मातृभाषामा प्रकाशित पत्रिकालाई प्रेस काउ_िन्सलको बर्गिकरणमा सहज रुपमा बर्गिकरणको वातवरण बनाउन यो भेला माग गर्दछ । नेपाल पत्रकार महासंघको २०६८ वैशाख २० २१ मा सम्पन्न चुनावबााट निर्वाचित  जनजाति पत्रकारलाई त्रधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %