जनजाति संयुक्त संघर्ष समितिको कार्यक्रम कि झारा टराई

Read Time:3 Minute, 51 Second

राज्यपुर्नसंरचनामार्फत आदिवासी जनजातिको पक्षमा नयाँ संविधान लेख्नुपर्ने बेलामा आदिवासी जनजाति संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको निर्णय झारा टार्ने किसिमको छ । ३० असारमा समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङ्गको अध्यक्षतामा राजधानीमा बसेको वैठकले ठोस केही गर्न सकेको छैन ।

संयुक्त संघर्ष समितिको पाँच बुँदै निर्णय पढ्नुस र आफ्नो प्रतिकि्रया बनाउनुहोस्

मिति २०६८ असार ३० गते आदिवासी जनजाति संयुक्त संघर्ष समितिको वैठक ईन्द्रवहादुर गुरुङको अध्याक्षतामा आदिवासी जनजाति सभासद सभा ककसको कार्यालय अनमनगरमा बस्यो । 
छलफल तथा निर्णयहरु ः

१ संघीयता र जाति भाषा ऐतिहासिक पहिचानको आधारमा राज्य पुनसंरचनाबारे सगरमाथा टेलिभिजन र एबिसी टेलिभिजनको सहयोगमा प्रत्यक्ष प्रसारण सहितको वहस कार्यक्रम श्रावण ७ गते विहान १० देखि १२ बजेसम्मा उपयुक्त स्थानमा संाचालन गर्ने निर्णय गर् यॊ । वहस कार्यक्रममा नेपाली कांग्रेसको तर्फाबाट रामचन्द्र पौडेल वा अर्जुन नरिसंह केसी नेकपा एमालेको केपी शर्मा ओली वा शंकर पोखरेल जनमोर्चा नेपालको तर्फबाट चित्रवहादुर केसी र आदिवासी जनजातिको तर्फबाट राजकुमार लेखि थारु परशुराम तामाङ मल्ल के सुन्दर र माननीय सुरेश आले मगर सहभागी हुने निर्णय गर् यो । उक्त कार्यक्रममा संघर्ष समितिको सबै घटक संगठनबाट १ जना र दलहरुको प्रतिनिधिहरु दर्शकको रुपमा सहभागी हुने भयो । विश्व आदिवासी दिवसको उपलक्ष्यमा संविधान निर्माण र आदिवासी जनजातिको अधिकारको सन्दर्भमा संाचार माध्यमा संम्वाद र अन्र्तवार्ताका लागि सबै घटक संगठनका अध्यक्षहरुको नामवाली र संम्पर्क फोन संाचार माध्यमहरुलाई पठाउने निर्णय गर् यो ।

२ आदिवासी जनजाति संयुक्त संर्घष समितिको आचरसंहिता लेख्न गठीत समितिले जति सक्दो छिटो तयार गरी ईमेल मार्फत सबै सदस्यलाई पठाउने र आगमी वैठकमा यसबारे छलफल गर्ने निर्णय गर् यो ।

३ संभव भएका सबै जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समिति गठनको लागि सबै घटक सदस्यहरुले आपुना मातहातका जिल्ला संगठनहरुलाई जानकारी गराउने निर्णय गर् यो ।

४ नयाँ संविधानमा सुनिश्चित गरिनु पर्ने आदिवासी जनजातिको अधिकारबारे आम नागरिकहरुलाई जानकारी गराउने हेतु क्षेत्रिया र प्रस्तावित जातिय प्रदेशहरुमा आसभा भेला वर्षायामको अन्तमा गर्ने निर्णय गर् यो ।

५विश्व आदिवासी दिवसको उपलक्ष्यमा प्रमुख दलहरुको नेताहरु र आदिवासी जनजातिहरु बीच संविधान र आदिवासी जनजातिका सवालहरुबारे अन्र्तकि्रयात्मक कार्यक्रम श्रावण १४ गते राष्ट्रिया सभागृहमा आयोजना गर्ने निर्णय गर् यो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %