नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको राष्ट्रिय भेला राजधानीमा शुरु भएको छ । असार ३१ गते शुरु भएको भेला सूचना तथा साचार मन्त्री अग्निप्रसाद सापकोटाले गरेका हुन । कार्यक्रममा उनले भाषा पहिचान र राष्ट्रियतालाई बलियो बनाउनेतर्फ पत्रकारहरुलाई कि्रयाशील हुन आग्रह गर्दै पत्रकारको व्यावसायिक सुरक्षा र हक हितका लागि छलफल गर्न नेपाल पत्रकार महासङ्घसँग छिटै बैठक बस्ने तयारी भइरहेको बताए ।
कार्यक्रममा अनिजका अध्यक्ष मोहनिसंह लामाले भेलाले सङ्घको वर्षभरिको कामको समीक्षा गरी आगामी दिनको नीति तथा कार्यक्रम तय गर्ने उल्लेख गरे । नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले पत्रकारको पेसागत र भौतिक सुरक्षाका लागि राज्य अझै पनि गम्भीर नदेखिएको धारणा राखे ।
