रु १ लाख र ५० हजार जित्ने जनजातिहरु

Read Time:1 Minute, 41 Second

संस्कृतितर्फको प्रतिभामा पुरस्कार प्राप्त गर्न सफल कृष्णराज चौधरी सर्वहारी प्रधानमन्त्री खनालबाट पुरस्कार ग्रहण गर्दै ।

संस्कृति मन्त्रालयले आदिवासी\जनजाति सहित विभिन्न क्षेत्रमा योगदान पुर् याएकाहरुलाई पुरस्कृत गरेको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १९८ औं जन्मजयन्तीको अवसरमा मन्त्रालयले असार २९ गते पुरस्कार वितरण गरेको हो ।

संस्कृति मन्त्रालयबाट पुरस्कृत आदिवासी जनजातिहरुमा प्रा डा नोवेल किशोर राई राष्ट्रिय प्रतिभा पुरस्कार,  संस्कृतितर्फको क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्नेमा मध्यपश्चिमान्चलका कृष्णराज ‘चौधरी सर्वहारी’, ललितकला विधातर्फ पूर्ण बनेम, कमलेश महर्जन, लोकबहादुर गुरुङ्ग र गिरबहादुर घर्ति मगर छन् । यसैगरी नाट्य संगीततर्फ श्रवण मुकारुङ्ग र शकुन्तला प्रधान रहेका छन् ।  राष्ट्रिय प्रतिभा पुरस्कार राशि रु १ लाख र बाँकी विधामा रु.५० हजार रुपियाँ सहित ताम्रपत्र रहेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनालले पुरस्कार वितरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %