गृहमन्त्री लामिछाने बोल्नेमात्रै नभई, अब नतिजा देखाइदिने

Read Time:1 Minute, 56 Second

माघ ७, २०७९ राज्यसत्ता संवाददाता

काठमाडौँ – उपप्रधानमन्त्रि एवं गृहमन्त्री रवि लामिछानेले फरार सुचिमा रहेका प्रतिवादी सांसब संसदमा आउँदा पनि पक्राउ गर्न नसकेको विषयले छिट्टै नतिजा आउने बताएका छन् । उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताए छन् ।

उनले भनेका छन्, ‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो ।  ‘हामीले निर्देशन गरिसकेका छौं ।अब नतिजामा देख्नुहुन्छ ।’

गृहमन्त्री लामिछानेले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताएका छन् । उनले विज्ञप्ति निकालेर प्रचार गरेको होइन भनेका छन् । उनले भने, ‘हामीले काम गर्ने हो । काम गरेपछि कहिलेकाहीं विज्ञप्ति पनि आउँछ । हामी रिजल्ट ओरेन्टेड नै छौं । विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको हो, लोकप्रियताका लागि गरिएको होइन ।’

एमालेका सांसद लक्ष्मी महत्तो कोइरी ज्यान मुद्दामा प्रतिवादी रहेका छन् । कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कोइरी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा संसद्‌मा उपस्थित भएका थिए । तर, उनलाई प्रहरीले पक्राउ गरेन । हालसम्म संसद् सचिवालयले उनलाई पदबाट निलम्बन पनि गरेको छैन । कोइरीलाई पक्राउ नगरेकोमा गृहमन्त्री लामिछानेको सर्वत्र आलोचना भएको छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %