नेपाल प्रहरीले तेस्रो पटक सहिद स्मारक रेडबुल ए डिभिजन फुटबल लिगको उपाधि हात पारेको छ । असार २९ गते दशरथ रंगशालमा भएको रोमााचक खेलमा थ्रीस्टर क्लबलाई १ शुन्यले पराजित गरेर प्रहरीले उपाधि चुमेको हो । एक खेल खेल्न बाँकी छँदै ४४ अंक जोडेको प्रहरीलाई पछ्याएको हुण्डाई मनाङ मस्र्याङ्दीले समान खेलबाट ४१ अंक बटुलेको छ ।
उपाधिको औपचारिक घोषणा हुन भने बाँकी छ । साउन ३२ गतेको खेलमा मनाङ्ले ८ गोल अन्तरले हराएको अवस्थामा भने प्रहरी उपाधि खोसिन्छ । प्रहरी टिमका प्रशिक्षक विराटकृष्ण श्रैष्ठ अनुसार अर्जेन्टिना ल्याएर खेलाएपनि यत्रो अन्तरको हार संभव छैन ।
खेलको ७७ औं मिनेटमा पर्वत पाण्डेले पाँच यार्ड परबाट हानेको बलले जाली चुमेपछि प्रहरीको उपाधि जित्ने चाहना तेस्रो पटक पुरा भएको हो । ३२ गतेको खेल प्रहरीका लागि औपचारिकता मात्रै हुनेछ ।
१८ टिम सहभागी ए डिभजन लिगमा विजेता रु २० नगद पुरस्कार पाउँछ भने चार टिम बि डिभिजनमा घटुवा हुन्छ ।
