पोखरा, २९ असार
अरुले विवाहको बर्षगाँठमा तन्न भोजभतेर खुलाएर लाखौं स्वाहा पार्छन् तर कोहि ब्यक्ति यस्ता पनि हुन्छन् जो केहि भिन्न काम गर्न रुचाउछन् । आदिवासी जनजाती पत्रकारलाई पत्रकारिताप्रति उत्प्रेरित गर्न तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले आज आफ्नो विवाहको ३२ औँ वर्षगाँठको अवसरमा पश्चिमाञ्चलमै पहिलो पटक आदिवासी जनजाती युवा पत्रकारिता पुरस्कार घोषणा गरेकाछन् ।
विवाहको ३२ औँ वर्षगाँठको अवसरमा तमु धिँ नेपालका अध्यक्ष कर्म तमुले आफु र श्रीमान् कर्ण तमुको नाममा वार्षिक १० हजारका दरले कर्म—कर्ण आदिवासी जनजाती युवा पत्रकारिता पुरस्कारको घोषणा गरेकिहुन् । जनजाति पत्रकारहरु यो पेशामा कम भएको सन्दर्भमा यसले ठूलो उत्साह थप्ने अपेक्षा गरिएकोछ ।
हरेक बर्ष कास्कीका १ जना क्रियाशिल आदिवासी जनजाती पत्रकारलाई उक्त पुरस्कारसहित सम्मानपत्रले सम्मान गरीने भएको छ । अनिज कास्कीको कार्यालयमा आयोजित कार्यक्रममा वोल्दै कर्म तमुले पत्रकारितामार्फत आदिवासी जनजातिका मुद्धाहरुलाई राष्ट्रव्यापी बनाउन आदिवासी जनजाती पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कारको घोषणा गरेको वताइन ।
आफ्नो जिवन नै आदिवासी जनजातिको लागी समर्पित गरेको वताउदै अध्यक्ष तमुले आदिवासी जनजाती पत्रकारहरुले पनि आफ्नो जातिय पहिचानका लागी निरन्तर कलम चलाइराख्नुपर्ने वताइन ।
नेपाल आदिवासी जनजाती पत्रकार संघ कास्कीका अध्यक्ष हुम वहादुर तमुले सामाजिक कार्यको नेतृत्वसंगै समग्र आदिवासी जनजाति पत्रकारको लागी पुरस्कार घोषणा गरेको भन्दै तमु धिँ नेपालका अध्यक्ष कर्म तमुप्रति आभार प्रकट गरे । उनले आफ्नो हकअधिकारका लागि आदिवासी जनजाति पत्रकारले कलम निरन्तर चलाइरहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले पछिल्लो समय आदिवासी जनजाती पत्रकारहरु क्रियाशिल हुदै आइरहेको अवस्थामा आदिवासी जनजाती पत्रकारिता कर्म– कर्ण पुरस्कारले आदिवासी पत्रकारहरु उत्प्रेरित हुने वताए । कार्यक्रममा सहभागी पत्रकारहरुले अध्यक्ष कर्म तमुको पुरस्कार घोषणा प्रति उत्साहित भएको र आदिवासीको मुद्धामा कलम चलाइरहने वताएका छन् ।
पुरस्कार हरेक वर्ष अनिज कास्कीको सहकार्यमा असार २९ गते तमु धिँ नेपालका अध्यक्ष कर्म तमुको विवाह वर्षगाँठको दिन प्रदान गरिनेछ । तपाईले पनि विवाहको भोजमा टन्न अनुत्पादक कार्यमा पैसा खर्च गर्नुको साटो यस्तै केहि रचनात्मक कार्य गर्ने कि ?
अध्यक्ष तमुका श्रीमानसहित १ छोरा र १ छोरी छन् ।
देवी जंग तमु
