
संघीयता र धर्मनिरपेक्षताको विरोध तथा आफूहरुलाई समेत आदिवासी जनजातिमा सूचिकृत गर्न माग गर्दै गठन भएको क्षेत्री समाज राष्ट्रिय महासंघमा भाँडभैलो मच्चिएको छ । महासंघ अध्यक्ष कालिदासबहादुर राउत र महासचिव विष्णुबहादुर खड्काको नेतृत्वमा चिरा परेको हो ।
महासचिव खड्काको गुटले अध्यक्ष राउत समूहलाई कारवाही गर्ने निर्णय गरेको छ । राज्यसत्ता डटकमलाई स्रोतले दिएको जानकारी अनुसार असार २४ गते कमलपोखरीमा बसेको खड्का पक्षधरको वैठकले यस्तो निर्णय गरेको हो । केन्द्रिय समितिमा रहेका राउत पक्षधर सबैलाई कारवाही गरिएको खड्का पक्षको दाबी छ ।
कार्यसमितिमा रहेका ३३ सदस्य मध्ये अध्यक्ष राउतको पक्षमा कोषाध्यक्ष मधुकर थापा पूर्वााचल संयोजक तारा बस्नेत पश्चिमााचल संयोजक अजुर्न अधिकारी छन् । महासचिव राउतको पक्षमा उपाध्यक्ष अनुराधा थापा सचिव फौदबहादुर बस्नेत लगायत रहेको स्रोतले जानकारी दिएको छ ।
अधिकार चाहिएर भन्दा पनि पिछडिएका समुदायलाई अधिकार दिनुहुँदैन भन्ने मान्यताबाट स्थापित यो संगठनको विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत पुगेको छ । २०६६ चैत १९ गते बनेको कार्यसमितिलाई वैधता दिएपछि अध्यक्ष पक्षधरलाई कारवाही गरिएको महासचिव पक्षका एक केन्द्रिय सदस्यले जानकारी दिएको छ ।
गत जेठमा भएको नेपाल बन्दको जसलिने क्रममा क्षेत्रीहरुवीच हानाथाप चलेको थियो ।
यसैवीच जातीय राजनीतिको विरोध गरि टोपल्ने डा. सुरेन्द्र केसी, प्रा.डा. कृष्णबहादुर थापा, पूर्वमहान्यायधिवत्ता लक्ष्मीबहादुर निराल समेत यो अभियानमा भित्री रुपमा सकि्रय रहेको स्रोतले जानकारी दिएको छ ।
