गृहमन्त्रीले अगुवा र पछुवा गाडी हटाउने

Read Time:1 Minute, 13 Second

गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्व खट्ने चलन थियाे । वर्तमान गृहमन्त्री रबि लामिछानेले प्रहरि निरिक्षक टोलीलाई पनि घटाएर उनले प्रहरी नायब निरिक्षक (सई) को नेतृत्वको सुरक्षाकर्मी राख्ने भएका छन् । गृहमन्त्री रबिले ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मीसहितका गाडी हटाएर मैले आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु, । भनेका छन् ।

उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै सुरक्षा टोली हटाउने बताएका हुन् । उच्च सुरक्षा घेरामा हिँड्डुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले आफूले बोलेका कुरा इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गरेका छन् । उनले आफ्नो व्यक्तिगत काम र विदामा सरकारि सवारी साधन नचलाउने बताएका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %