रास

काठमाडौं
२०७९ पौष २२
मिति २०७८ फागुन १५ गते संसदबाट ध्वनि मतले पास गरेकाे मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजन विरूद्ध फेरि विरोध प्रदर्शन भएको छ। संसदबाट पास भएपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको परियोजनाको फेरि विवाद देखिएको छ ।
गत आइतबारदेखि स्थानीय र प्रहरीबीच झड्प हुँदै आएको विराेध प्रदर्शनमा आज २२ गते संकरापुर नगरपालिका– ३ काठमाडौंमा दिनभर त्यहाँका स्थानीयले MCC परियोजनाको विरोध गर्दै प्रशर्दन गरेकाे थियाे । प्रदर्शनमा उत्रिएका स्थानीय प्रदर्शनकारिहरूलाई प्रहरीले हस्तक्षेग गरेपछि स्थिति तनावपूर्ण बन्न गएकाे हाे । प्रहरीले प्रदर्शनकारी माथि लाठि प्रहार गरेकाे छ । स्थानीयका अनुसार पूर्वजानकारी बिना नै खेतमा गएर सर्भे गरेकाेले विवाद उत्पन्न भएको जनाएको छ ।
