पाैष पूर्णिमा देखि माघ पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत सुरु

Read Time:5 Minute, 17 Second

पुस २२, २०७९

राज्यसत्ता संवाददाता

काठमाडौं — स्वथानि व्रत कथा प्रत्येक वर्षकाे पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्छ । एक महिना चल्ने स्वस्थानि व्रत आजबाट विधिवतरूपमा सुरु हुँदैछ ।

स्वस्थानी व्रत पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी नुहाएर शुद्ध वस्त्र लगाएर यसको सुरुआत गर्दछ । बिहान माघ स्नान गर्छ नित्य मध्याह्नकालमा महादेवको पूजा गर्दछ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।
स्वस्थानि व्रत एक महिनासम्म विधिपुर्वक व्रत बसि माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ फूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरिका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई चढाउँदछ । जेजति प्रसाद चढाउँछ चढाएका प्रसादमध्ये सबै प्रसादबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

रातमा जाग्राम बस्ने ब्रतालु आफैले सय राेटि फलाहार गर्दछ । जाग्रामका बस्दा देवीको माहात्म्य सुन्ने र सुनाउने गर्दछ । यस्ताे गर्दा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहि आएकाे छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझाउँछ । आफू बसाेबास गरेकाे स्थानकाे देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

प्रा. डा रामचन्द्र गाैतमका अनुसार सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनेर स्कन्द पुराणमा उल्लेख गरिएको छ। ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ,’ भन्ने कुरा उनले बताएका तिए ।

स्वस्थानि देवीको विधिपूर्वक व्रत बसेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत नेपाली समुदायमा प्रचलित छ । स्वस्थानिमा सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत बसेकाे कथा उल्लेख छ । यश कथामा व्रतपछि बिछोडमा परेका नाग–नागिनीको समेत पुनर्मिलन भएको उल्लेख छ ।

ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश राजा भएको जानकारी दिए । लावण्य देश हालको साँखु क्षेत्र हाे । लावण्य देशको राजा भनेकाे साँखु देशकाे राजा हाे ।

उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । शालि नदिमा माघ महिनामा आएर स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ। यहि विश्वासले प्रत्येक वर्ष लाखौँ भक्तजन यस शालि नदिमा आउने गर्दछ । माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि स्वस्थानिकाे व्रतविधि सुरु हुने मान्यता छ ।

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
50 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %