कानुन व्यवसायीहरुको तर्कनुसार लामिछानेको सांसद पद खारेज

Read Time:1 Minute, 38 Second
गृहमन्त्री रबि लामिछाने

२२ पुष २०७९

राज्यसत्ता संवाददाता

काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सवैधानिक इजलासमा सुनुवाइ गराईरहेकाे छ ।

कामु प्रधानन्यायाधीश र न्यायाधीशहरूले गृहमन्त्री लामिछानेको नेपाली नागरिकता नभएकोले संसद पद त्याग्नुपर्ने बताए । कामु प्रधानन हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गर्दा यस्ताे कुरा बताईएकाे हाे ।

गृहमन्त्री लामिछाने अमेरिकाबाट फर्किदा गैर्हपर्यटक भिसामा आएपछि नेपाली नागरिकता लिएको प्रमाण पेश नभएकाले पनि उनी नेपाली नागरिक नभएको अधिवक्ताहरु सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण कर्ण लगायतले बताएका छन् ।

सहन्यायाधिवक्ता सञ्जिव रेग्मीले भनाई अनुसार अहिले टि-ब्रेक भएकोले लामिछानेको नागरिकताबारे कुनै निर्णय नभएकोले अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएका छन् । यसपछि तत्कालै लामिछानेका निजी कानुन व्यवसायीहरुले बहस गर्ने छन् ।

2 0
Happy
Happy
33 %
Sad
Sad
33 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %