प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील रहेकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

Read Time:1 Minute, 43 Second

पुस २१, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिहरूसँगकाे भेटमा प्रचण्डले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

यस पटक प्रधानमन्त्री हुँदा प्रचण्डले देशमा केही नयाँ काम गर्ने संकल्पसहित आफु प्रधानमन्त्री भएकाेले आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिने र मुलुकको हितकाे लागि जिम्मेवार भएर अघि बढ्ने बताए । प्रचण्डकाे याे तेश्राे कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय हुनेमा आफू विश्वस्त रहेकाे कुरा भेटमा महासंघका अध्यक्ष विपुलसँ व्यक्त गरेको थिए । सो कार्यक्रममा पत्रकार महासंघकाे मण्डलले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको थियो ।

प्रधानमन्त्रि प्रचण्डसँगकाे भेटमा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार र केन्द्रीय समितिका पदाधिकारी र सदस्य सहभागी रहेका थिए ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %