तामाङ राष्ट्रिय महासङ्घको काम देखाउने मेलो

Read Time:1 Minute, 56 Second

नेपाल तामाङ राष्ट्रिय महासङ्घले तामाङ समुदायबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ । काठमाडौंमा असार २६ गते आयोजित कार्यक्रमबाट सम्मानित हुनेहरुमा चेलिबेटी बेचविखन विरुद्ध अन्तर्राष्ट्रिय पुरस्कार विजेता चरिमाया तामाङ, सहसचिव धनबहादुर तामाङ, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक कृष्णबहादुर तामाङ, सङ्गीतकार शिलाबहादुर मोक्तान लगायत छन् ।

कार्यक्रममा बौद्ध धर्मगुरु ज्ञानीवज्र लामा, टेष्टट्युब बेबी जन्माउने पहिलो महिला सन्ध्यादेवी तामाङ, सचारकर्मी लक्ष्मी रुम्बा, शान्ति दोङ तामाङ, सुनिल दोङ तामाङलगायतका गायकगायिका तथा साचारकर्मीलाई पनि सम्मान गरिएको थियो ।

स्थानीय विकासमन्त्री उर्मिला अर्यालले आदिवासी\जनजातिभित्रका तामाङ समुदायको उत्थान र विकासका लागि सरकारले विशेष कार्यक्रम सचालन गर्न लागेको आश्वासन दिइन । अर्यालले रामबाबु तामाङद्वारा प्रकाशित ‘यसपालि’ नामक अडियोको विमोचन पनि गरेकी थिइन ।  

कार्यक्रममा महासङ्घका कार्यबाहक अध्यक्ष हेमबहादुर घिसिङ रवीन तामाङलगायतले तामाङ समुदायको संस्कृति जगेर्ना गर्न सम्पूर्ण तामाङ जाति एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %