
पुस २०, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — सबै जिल्लामा सञ्चालनमा रहेका अवैधानिक क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । दर्ता नगरी संचालन गरेका, दर्ता भएर पनि नवीकरण नगरेका, संचालन अनुमति नलिएका सबै सबै कानुन विपरीत सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न सम्पूर्ण क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
कुनै पनि आयोजनाकाे विकास तथा निर्माणको लागि स्थापना भएका क्रसर उद्योगहरू साे आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपछि पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको छ भने पनि सो अबिलम्ब छानबिन गरी तत्काल बन्द गर्न गृह मन्त्रालयले आफ्नो निर्देशनमा भनेको छ । याे कार्य गृहले कडिकडाउसँग लागू गर्नुपर्ने देखिन्छ ।
