विश्वासको मतको लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

Read Time:1 Minute, 16 Second
ओलि र प्रचण्ड

पुस १९, २०७९
राज्यसत्ता संवाददाता
काठमाडौँ — प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ । भेटमा विश्वासको मतको तयारी र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

नेपालकाे संविधान-२०७२ को धारा ७६ (२) अनुसार पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारीमा छन् । ‘विश्वासको मतको लिने सम्बन्धमा भएको तयारी र मन्त्रिपरिषदलाई पूर्णता दिने सहितको विषयहरुमा प्रधानमन्त्री र सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ’ भनेर प्रचण्ड सचिवालयका सूर्य किरणले बताएका छन्

गत पुस ११ गते शपथ लिएका प्रधानमन्त्री प्रचण्ड र ओलीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको जनाएको छ ।

0 1
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %