राज्यसत्ता संवाददाता
२०७९ पुस १९

राम कुमारी झाँक्री पछिल्लो दुई वर्एषमा बढि साईबर हमलामा परेकि जनाएकि छिन् । उनलाई बढि हमला गर्नेमा सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने ब्यक्तिहरू रहेकाे र ब्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको देखिएकाे छ । उनलाई साेसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू र बिश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका ब्यक्तिहरू रहेकाे जनाएकि छिन् । एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र Cyber Harassment का समबन्धमा उनि माथि लामो समय लगाएर अनुसन्धान गरेको बुझिएको छ । लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट पनि झाँक्रीलाई साईबर आक्रमण गरेकाे बताएकि छिन् । उनिसँग असम्बन्धित ब्यक्तिहरू पनि ठूलो संख्यामा ब्यक्तिगत गालिगलौजमा आएका बताएकी छिन् । यो रिपोर्टले उनलाई कानुनी उपचार खोज्न बाध्य भएको बताएकी छिन् । उनले यसको उपचार खोजेमा उनि भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार नहुने उनकाे विश्वास छ ।

