मगर समाज सेवा केन्द्र ललितपुरले नयाँ एम्बुलेन्स सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर समाजले नयाँ एम्बुलेन्सको शुभारम्भ गरेको हो । २०५२ मा स्थापित केन्द्रले २०५५ सालदेखि एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । मारुती गाडीलाई एम्बुलेन्स सेवामा प्रयोग गरिँदै आइरहेको भए पनि सो गाडी पुरानो भएका कारण हाल शव वाहनका रुपमा प्रयोग गरिएको छ ।
नयाँ एम्बुलेन्स सेवा दिनका लागि देशविदेशमा रहेका मगर जातिलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको केन्द्रका सचिव पूर्णबहादुर रानामगरले बताए । एम्बुलेन्स किन्न आर्थिक सहयोग गर्ने १६ जनालाई सम्मान गरिएको छ । केन्द्रबाट साचालित एम्बुलेन्सले काठमाडौं उपत्यका लगायत पोखरा बुटवल दाङमा समेत सेवा दिँदै आएको आयोजकको दाबी छ ।
